दैलेखमा तानातानको राजनीति

राजनीति पनि कुटनीति भित्रको निकै महत्वपुर्ण पाटोको रुपमा हेरिन्छ । एकपटक निकै प्रभावसाली मानिएको व्यक्ति पछि गएर  अपहेलीत र मान मर्यादा भित्र भन्दा पनि बाहिरको व्यक्तिको रुपमा चीनीन पुग्छ । भात पनि धेरै चपाएपछि मिठो हुँदैन् भनेझै संविधान सभा संविधान सभा भन्दै नेपालका दलहरुले दुईपटक सम्म यसको चिउरा चपाईसकेका छन् ।
देश चलाउँछु भन्ने जिम्मा लिएकाहरुको हालत हेर्ने हो भने अहिलेसम्म मुलुकले ठोस रुपमा निकास पाउने अवस्था देखिएको छैन् । एकपटक असफल भएको संविधान सभाको चुनाव पुनः सुरु गरिएको छ । त्यसैभित्र पनि पहाडी जिल्ला दैलेखमा चुनावी माहोल निकै तातिएको छ । जिल्लामा हालसम्म केन्द्रिय पहुँच सम्म पुग्ने क्षमता राख्ने वा पुरा मन्त्री सम्मको पदमा पुग्न सक्ने प्रभावसाली नेताहरु नभएकै कारण जिल्लाका हरेक विकास गतिविधिहरुमा समस्या उत्पन्न हुने गरेको देखिन्छ । सँधै विकासको मामिलामा पछाडी रहेको दैलेखमा आजभोली एमाओवादीले भने दैलेखको कुनै एक क्षेत्र जित्ने रणनीति अनुसार अन्य दलका नेता तथा कार्यकर्ताहरुलाई तानातान गरिरहेको छ ।
बिशेषत चुनवका बेला तानातान सवैमा हुने गर्दछ तर एमाओवादीले अहिले बिशेष रुपमा हेरेको दैलेखमा काँग्रेस र एमालेको प्रभाव घटाउने योजना बुनिरहेका बेला काँग्रेस र एमालेले पनि अरुवाट आफ्नातिर कार्यकर्ताहरु तान्नेकाम तीब्र रुपमा चलाएका छन् । गत चुनावमा पहिलो शक्ति मानिएको काँग्रेसका केही जिम्मेवार नेताहरुले असन्तुष्टी व्यक्त गरेपछि उनीहरुलाई मात्र हैन् । अन्य विभिन्न पार्टीभित्र पनि तानातानको   राजनीतिले व्यापकता पाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार